२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हत्याका अभियुक्त २३ वर्षपछि पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १९ । सहकर्मी हत्याको आरोप लागी फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८, जयवागेश्वरीस्थित निर्माणेश्वर मन्दिरनजिक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

रामेछाप घर भएका श्रेष्ठका नाममा काठमाडौं जिल्ला अदालतले वि.सं. २०७४ मा ‘वारेन्ट’समेत जारी गरेको थियो ।

उनलाई ब्यूरोबाट खटिएको टोलीले बुधबार ललितपुर महानगरपालिका–५, थसीखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे जानकारी दिनुभयो ।

उनलाई आवश्यक कारबाहीका लागि बुधबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ ।