
ओखलढुंगा । संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट ठेक्का लागेका ओखलढुंगाका २४ वटा विकास आयोजनाहरू अलपत्र परेका छन् ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ती रुग्ण प्रकृतिका विकास आयोजनाहरुको पहिचान गरेर अगाडि बढाउन निर्देशन दिएको छ ।
लामो समयदेखि निर्माण सम्पन्न नभएका रुग्ण प्रकृतिका आयोजनाहरु सडक, पुल र भवन रहेका छन् ।
पटक पटक निर्माण कार्यको सम्झौता अवधि थप गर्दै जाने लचिलो व्यवस्थाको दुरुपयोग गर्दै केही निर्माण व्यवसायीहरुले निर्माण कार्यमा ढिलासुस्ती, लापरवाही र अप्राकृतिक एवम् अनुचित वहानाबाजी गर्दै आएका कारण जिल्लाका ती आयोजनाहरु अलपत्र भएकाले यसमा कडाई गरिएको छ ।
विकास निर्माणमा लापरवाही गर्ने तथा समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न गृहमन्त्रालयले समेत निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्