
कञ्चनपुर । कञ्चनपुरमा कोरोना जोखिमलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन प्रणालीबाट धान खरिद गर्न सुरु गरेको छ ।
सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्य अनुरूप कञ्चनपुरमा टोकन प्रणालीबाट धान खरिद सुरु गरिएको हो ।
कम्पनीले यस वर्ष कञ्चनपुरमा सात हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
धान खरिदका लागि टोकन प्रणाली अपनाइएको बताउँदै किसानले धान ल्याउनुपूर्व टोकन बुकिङ्ग गर्नुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका शाखा अधिकृत तपेन्द्र प्रसाद उपाध्यायले बताउनुभयो ।
कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्रहरु स्थापना गर्ने गरेपनि कर्मचारी र भौतिक पूर्वाधारको अभावमा यसवर्ष भने महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ ।
सरकारले गएको असार महिनामै धानको समर्थन मूल्य तोेकेपनि व्यापारीहरुले भने सस्तो मूल्यमा धान खरिद गर्दा किसानहरु मर्कामा परेका छन् ।
सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्