
काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।
गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए ।
त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५।० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्