७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै संचालनमा


0
Shares

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोला भन्ने स्थानमा पहिरो खस्दा अवरुद्ध भएको बाटो दुई तर्फी नै संचालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा रहेको सो क्षेत्रमा आज विहान ५ बजे ठूलो पहिरो खसेको थियो । सो पहिरोको कारण दुईतर्फी नै बाटो अवरुद्ध थियो ।

पहिरो सबै हटाईएकोले विहान करिव १० बजेबाट बाटो दुई तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केही दिन अगाडि पनि सोही स्थानमा ठूलो पहिरो खस्दा १२ घण्टापछि बाटो खुलाईएको थियो ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक खस्ने पहिरोले यात्रुहरु सास्ती भोग्ने गरेका छन् ।