
फाइल तस्वीर ।
चितवन । कोरोना संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्