
कपिलवस्तु । पश्चिम तराईका महिलाहरूले पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा चौथ पूजा गरेका छन् ।
पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेशी समुदायका महिलाहरु पतिको दीर्घायुका लागि व्रतबसी करवा चौथ पर्व मनाउने गर्दछन् ।
कात्तिक कृष्ण चतुर्थीका दिन निराजल व्रत बसी पतिको दीर्घायुको कामना गर्दै पत्नीहरू दिनभर नै व्रत बस्ने गर्दछन् ।
टोल टोलका महिलाहरू एकै ठाँउमा जम्मा भई करवा चौथसँग सम्बन्धित कथा वाचन गरेर साथ पूजापाठ गर्दछन् ।
रातको समयमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा गरेर पतिको हातबाट मिठा परिकार ग्रहण गरी ब्रत तोड्ने चल्न छ ।
खासगरी भारतको उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका क्षेत्रमा स्थानीय महिलाहरुले दिनभरी ब्रत बसी साँझ पखमा नयाँ चामलको फारा, आसा, पुरी तरकारी र खीर बनाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्