
झापा । सरकारले तुइन बिस्थापन गरेर झोलुङेगे पुल निर्माणको नीति लिएपछि झापामा धमाधम झोलुङ्गे पुल निर्माण हुन थालका छन् ।
पुल निर्माण भएपछि हिउँद बर्षा खोला तर्नुपर्ने बषौंदेखिको बाध्यता अन्त्य भएको छ । तराइमा बिरलै देख्न पाइने झोलुङ्गे पुलको संख्या अहिले झापामा बढ्दै गएको छ ।
एकपछि अर्काे गर्दै अहिले झापाका खोलामा धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका हुन ।
१५ वटा स्थानीय तह रहेको झापामा संघीय सरकारले समेत झोलुङ्गे पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माणको काम अघि बढाएको छ ।
पछिल्लो समय मात्रै झापाका विभिन्न खोलामा २५ वटा भन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् ।
नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गत झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको हो ।
पछिल्लो समय अर्जुनधारा नगरपालिका १ को उत्तरी क्षेत्रमा पर्ने ठूलो नेते खोलामासमेत झोलुङ्गे पुल देख्न पाउँदा सर्वसाधरण दंग परेका छन् ।
ठूलो नेते खोलामा पुल निर्माण सम्पन्न भएसँगै अर्जुनधारा नगरपालिकाको बिरान, गौमुखी क्षेत्रका करिव ३ सय ४१ घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
पुल निर्माणका लागि १ लाख ७० हजार रुपैयाँ जनश्रमदानसहित ८५ लाख २४ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
थोरै लगानीमा निर्माण गरिएको झोलुङ्गे पुलबाट बर्षौंदेखि आवागमनमा समस्यामा परेको यहाँका स्थानीयलाई अब भने सहज भएको छ ।
पछिल्लो समय वर्षा याममा खोला बढ्दै जाने र आवागमनमासमेत समस्या हुँदै आएको थियो ।
स्थानीय बासिन्दाको लामो प्रयासपछि पुल बनेपनि तटबन्धको अभाव भने ज्यूँकात्यू छ ।
ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत र अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झोलुङ्गे पुल निर्मालाई तिव्रता दिइएको हो ।
झोलुङ्गे पुल निमार्मण भएपछि झापाका करिव तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्