
चितवन/धनगढी । कोरोना संक्रमणका कारण आज चितवन र कैलालीमा थप दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का मृत्युु भएको छ । ८२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यता कैलालीमा पनि थप एक जना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ५ का ९२ वर्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको हो ।
गत सोमाबार कोरोना संक्रमणको पुष्टि भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्