
बारा । नेपाली कांग्रेसले बाराले जिल्लाका केही स्थानीय तहले कोरोना नियन्त्रणको नाममा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
जितपुर सिमरा उपमहानगर लगायतका स्थानीय तहले संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च अपारदर्शी भएको भन्दै समितिका सदस्यहरुले भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।
संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा मनपरी खर्च गरेको रकम खोजबिन हुन थालेपछि धमाधम किर्ते बिल भर्पाइ बनाई खर्चका तथ्यहरु लुकाउन थाले पछि आर्थिक पारदर्शी गर्न उनीहरुले माग गरेका हुन् ।
नेपाली काँग्रेसका प्रतीनीधि तथा समितिका सदस्य हरी थपलियाले विधि र प्रकृया मिचेर हचुवाको भरमा अस्पताल सञ्चालन खचर्मा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गर्नु भएको छ ।
जितपुर सिमरा उपमहानगरले अस्थाई कोरोना अस्पताल सञ्चालनमा ४ करोड ४५ लाख रुपैया खर्च गरेको छ ।
तर, अस्पताल समितिमा आवद्ध विभिन्न दलका प्रतिनिधि सदस्यहरुलाई जानकारी नगराएपछि भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका हुन् ।
उपमहानगरका मेयर कृष्ण पौडेल संयोजक रहेको अस्पताल सञ्चालक समितिका सदस्यहरुले अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै खर्चको छानबिन नभएसम्म भुक्तानी रोक्न माग गरेका छन् ।
नेपाली कांग्रेस, राजपालगायत दलका समिति सदस्यहरुले खर्च पारदर्शी देखाउन माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्