
डडेल्धुरा, कात्तिक २० । डडेल्धुरामा हवाई चप्पलको उत्पादन सुरु गरिएको छ ।
निजी विद्यालयका स्थानीय शिक्षक रामशरण रोकाले हवाई चप्पलको उत्पादन सुरु गर्नुभएको हो ।
‘लकडाउन’ले सबै व्यवसाय ठप्प भएपछि उहाँले सस्तोमा चप्पल उपलब्ध गराउने उद्देश्यले चप्पलको उत्पादन सुरु गरेको जनाउनुभएको छ ।
अहिले उहाँको कारखानामा दैनिक सैयौं दर्जन हवाई चप्पल उत्पादन हुन थालेको छ ।
अमरगढी नगरपालिका वडा नम्बर–५, विद्युत्रोडमा रहेको आफ्नै निवासमा सफल चप्पल उद्योगको नाममा चप्पल उत्पादन सुरु गर्नुभएका उहाँले विराटनगरबाट कच्चापदार्थ ल्याउनुभएको हो ।
कोरोनाका कारण निजी विद्यालयहरु बन्द भएपछि लकडाउनको सदुपयोग गर्दै आर्थिक उपार्जनका लागि सुरु भएको उद्योगले बेरोजगार युवाहरुका लागि रोजगारीसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्