
काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए ।
यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको आवाज उठ्न थालेको थियो ।
यातायात व्यवसायीहरुको समस्यालाई हेरेर पछि सरकारले जोर–बिजोर प्रणाली लागू गरी भाडाका सवारीहरु चलाउन अनुमति दिएको थियो ।
थन्किएको आफ्नो सवारी–साधनले यात्रु ओसार्न पाएपछि अहिले बढी भाडा असुल्दै त्यो बेलाको घाटा पूर्ति गर्ने दाउमा ट्याक्सी व्यवसायीहरु रहेको पाइएको छ ।
विस्तृत भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्