६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’को आयोजना हुने


0
Shares

काठमाडौं, कात्तिक २० । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक कृषि तथा वनविज्ञानका विद्यार्थीहरुका लागि नोबल पुरस्कार भनेर चिनिने अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज’ २०२०/२१ आयोजना हुने भएको छ ।

प्रत्येक वर्ष १२१ देशका तीन लाख बढी विद्यार्थी सहभागी हुने यो कार्यक्रम चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक हुन लागेको हो ।

कार्यक्रमको नारा ‘फूड फर गुड’ भन्ने रहेको छ ।

हल्ट बिजनेस स्कुल, हल्ट फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा कृषि तथा वनविज्ञान विषयमा स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थी सहभागी हुनसक्ने आयोजकले जनाएको छ ।

यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर रहेको छ ।

यस कार्यक्रमले खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना गर्दै अर्थतन्त्र व्यवस्थालाई उत्प्रेरित गर्ने तथा सन् २०३० सम्म विश्वभरका एक करोड मानिसको जीवनमा परिवर्तन ल्याउने उद्देश्य राखेको छ ।

कार्यक्रममा देशभर रहेका कृषि तथा वनविज्ञानका १४ विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थी सहभागी हुनसक्ने आयोजकको भनाइ छ ।