२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्नेक्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा १२ः३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।