२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रिमियर लिगमा आर्सनलको जित


0
Shares

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ ।

हिजो राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४/१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र जोय उलोकले एक-एक गोल गरे ।

मोल्डेका लागि मार्टिन इलङ्गेसनले एक गोल गरे । जितसँगै आर्सनलले समूह ‘बी’मा तीन खेलबाट ९ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ ।

मोल्ड भने ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै नापोलीले युरोपा लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।

हिजो राति नै भएको अर्को खेलमा नापोलीले रिजेकामाथि २/१ गोलको जित निकालेको हो । जितसँगै समूह एफको नापोलीले तीन खेलबाट ६ अंक जोडेको छ ।

नापोली अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित रिजेका पुछारमा छ । यसै समूहअन्तर्गत भएको अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले एजेट अल्कमारमाथि १/० गोलको जित हासिल गर्यो । एजेन्सी