२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धादिङका पत्रकार बर्माको निधन


0
Shares

काठमाडौं । धादिङका वरिष्ठ पत्रकार सिताराम बर्माको ७९ बर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

बर्मा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । बर्माले लामो समय राससमा आबद्ध रहेर काम गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिबाकोटी र पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बर्माको निधनमा दुख व्यक्म्त गर्नुभएको छ ।

उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिनुभयो ।