
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच आज भेटवार्ता हुंदैछ ।
सीमा विवादका कारण दुई देशबीच लामो समयदेखि औपचारिक वार्ता हुन नसकिरहेको बेला प्रधाानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्षबीचको भेटलाई चासोका साथ हेरिएको छ ।
भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न बुधबार नेपाल आउनु भएको हो ।
नरवणेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीेको सम्मान प्रदान गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले दुई देशबीच लामो समयदेखि अवरुद्ध औपचारिक संवाद शुरु गर्न भारतीय सेनाध्यक्ष नरवणेलाई आग्रह गर्नु भएको थियो ।
हिजो नै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता भएको थियो ।
नेपाल भ्रमणका क्रममा नरवणेले पशुपति र बसन्तपुरको पनि भ्रमण गर्नुभएको थियो । भारतीय सेनाध्यक्ष नरवणे आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्