९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतमा कोरोनाबाट एक लाख २५ हजारको मृत्यु


0
Shares

india corona death

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ ।

कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ ।

यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ । महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ ।