१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो


0
Shares

gold

काठमाडौं, कात्तिक २१ । सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजारले बढेको छ ।

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो ।

गएको आइतबार तोलाको ९४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म दुई हजार ७०० रुपैयाँले बढेर तोलाको ९७ हजार २०० पुगेको हो ।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ ।

चाँदी शुक्रबार एकैदिन ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य एक हप्तामा तोलामा ७५ रुपैयाँले उकालो लागेको छ ।

अन्तराष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंन्स १९ सय ४्र७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।