
कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँमा यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्री शाहका स्वकीयसचिव जंगबहादुर विकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लगिएको जानकारी दिनुभयो ।
‘होम आइसोलेसन’मा बसिरहनुभएका शाहको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्थायी अस्पतालमा उपचारपछि बिहीबारै साँझ ‘डिस्चार्ज’ हुनुभएका मन्त्री शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बस्नुभएको थियो ।
तर, स्वास्थ्य अवस्थामा सुधार नभएपछि काठमाडौं लगिएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्