
काठमाडौं, कात्तिक २१ । प्रहरीले १० किलो ४०० ग्राम लागुऔषध अफिमसहित एक व्यक्तिलाई बाँकेको खजुराबाट पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार सो जानकारी दिएको हो ।
पक्राउ पर्नेमा जाजरकोट, जुनीचाँदेका ३७ वर्षीय तिलकबहादुर शाही रहेका छन् ।
ब्यूरोले लागुऔषधसहित अरु छजनालाई पनि पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्