२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विभागहरु कुनै हालतमा खारेज नगर्ने देउवाको अडान


0
Shares

congress meeting

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भएको थियो ।

बैठक शनिबार (भोलि) दिउँसो १ बजेसम्मलाई स्थगन भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

शुक्रबारको बैठक पनि वरिष्ठ नेता पौडेल समूहले उठाएको मागमा केन्द्रित भएको थियो ।

बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेको थियो ।

सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

केन्द्रीय सदस्य लेखककाअनुसार शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरुलाई टुंगोमा पुर्‍याउने तयारी छ ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।

कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।