
भैरहवा । रुपन्देहीको भैरहवामा अनशनरत डा.केसीको समर्थनमा डा.गोविन्द केसी बचाऔं अभियान थालिएको छ ।
डा.गोविन्द केसीका माग पुरा गर्न तथा उनको प्राण रक्षा गर्न दवाव दिनका लागि विभिन्न राजनीतिक दल, समाजसेवी तथा सामाजिक अभियान्ताले अभियान थालेका हुन् ।
डा. केसीले उठाएका माग जायज रहेको भन्दै उनका माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन अभियान गरिएको अभियान्ता सञ्जयसिंह केसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्