१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्प रुष्ट, भने–‘ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो’


0
Shares

वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ ।

उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उहाँ हिजोदेखि नै रुष्ट बन्नुभएको छ ।

उहाँले उक्त सामाजिक सञ्जाल आफ्नाविरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि, यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ–‘यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि, मलाई प्राप्त भएका वैध मतहरुमात्र गनियो भनेपनि मैले निर्वाचन सजिलै जित्नेछु ।’

अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उहाँले लगाउनुभएको छ । त्यसैले उहाँले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताउनुभएको छ ।

उहाँले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गर्नुभएको छ । यसै विवादसँग सम्बन्धित कतिपय उहाँले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ ।

बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्नेक्रममा हुलाकमार्फत् गरिएको मतदान एकतर्फी भएको दाबी गर्नुभएको थियो । उहाँले हाल मतगणना जारी रहेका राज्यमा मतगणना गर्न रोक्नुपर्ने बताउनुभएको हो ।

यहाँ धेरै अवैध मतदान भएको भन्दै उहाँले मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेप’को संज्ञा दिनुभयो ।