
तस्वीरः रोयटर्स् ।
वासिङ्टन, कात्तिक २१ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् ।
अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतगणना केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकी पत्रिका ‘न्यूयोर्क पोस्ट’ले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जानकारी दिएको छ ।
ती व्यक्तिले हतियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि हातहतियारसहित नै उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनी को हुन् भन्नेबारेमा भने केही पनि बताइएको छैन ।
प्रतिक्रिया दिनुहोस्