
धादिङ, कात्तिक २१ । नीलकण्ठ नगरपालिका–११, ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा सख्त घाइते हुनुुभएको छ ।
तातो तेलले टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।
घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताउनुभयो ।
आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत् मुद्दा दर्ता गरेको छ ।
घटना प्रकृतिअनुसार मुद्दामा अनुसन्धान हुने र कसुरअनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्