१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा थप २,७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २२ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या शनिबार ३५ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा दुई हजार ७५३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमित बढेका हुन् ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै एक हजार ५१२ जना हुन् । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ६२ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।

थप २,२०६ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभर दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको छ ।

थप १७ जनाको मृत्यु
कोरोनाका कारण पछिल्लो २४ घन्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण काठमाडौं उपत्यकाका मात्रै ४०६ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयले संक्रमितको मृत्युदर ०.६ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा १० हजार ४२३ जनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।