१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस


0
Shares

काठमाडौं, कात्तिक २२ । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

शनिबार बार कमिटीले न्याय परिषद्मा सिफारिस गर्ने सदस्यको नाम बहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठलाई सिफारिस गरेको हो ।

पाँच सदस्यीय न्याय परिषद्मा एउटा कोटामा नेपाल बार एसोसिएसनको प्रतिनिधि सिफारिस गर्नुपर्ने प्रावधानअनुरुप बारले पहिलोपटक आकांक्षीहरुलाई लिखित आह्वान गरेको थियो ।

बार पदाधिकारीकाअनुसार न्याय परिषद् सदस्य बन्न पाइने एकजनाको कोटामा ३२ जना वकिलहरु आकांक्षी थिए ।

शनिबार बारको बैठकमा मतदान हुँदा सबै आकांक्षीलाई मत दिनसक्ने भनिएको थियो ।

तर, नेकपाको वर्चश्व भएको बारमा रामप्रसाद श्रेष्ठ र महेश नेपालले मात्र मत पाउनुभएको हो । श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मतमात्र पाएसँगै श्रेष्ठ न्याय परिषद् सदस्यमा सिफारिस हुनुभएको हो । श्रेष्ठ यसअघि पनि दुई महिना न्याय परिषद् सदस्य रहिसक्नुभएको छ ।

सदस्य पठाउनेमा ओली र दाहाल–नेपाल समूहबीच मतभिन्नता देखिएको थियो । वरिष्ठ अधिवक्ता श्रेष्ठ दाहाल–नेपालनिकट कानुन व्यवसायी मानिनुहुन्छ ।