
अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
अस्पतालका प्रमुख डा. कपिल गौतमसहित १७ जनामा कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. गौतमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्