१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सल्यानमा जीप दुर्घटना, तीनजनाको मृत्यु


0
Shares

accident

सल्यान, कात्तिक २२ । सल्यानमा शनिबार बेलुका जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४, दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपचालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार अन्य पाँचजना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक तीनैजनाको शव पोस्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।