१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाइडनलाई बधाइको ओइरो, भारतले भन्यो–‘कमला ह्यारिसको जीत भनेकै भारतको जीत’


0
Shares

काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएसंगै स्वदेशी तथा विदेशी नेताहरुले बधाइ सन्देश पठाउने क्रम सुरु भएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जो बाइडन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई बधाइ दिंदै आम अमेरिकी नागरिकको खुशी काँधमा आएकोले सपना साकार पार्नेमा आफु बिश्वस्त रहेको बताउनुभएको छ ।

साथै उहाँले बाइडेन सामु रहेको कठिन चुनौती पार गर्ने क्षमता रहेको उल्लेख गर्दै बाइडेन एक सक्षम नेता भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका प्रधानमन्त्री इमाुनएल म्याक्रों, क्यानाडाका प्रधानमन्त्री जस्टीन टुड्रोले बाइडेनलाई बढाई दिंदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुृभएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द मोदीले पनि बाइडेन र कमला ह्यारिसलाई शुभकामना दिंदै अमेरिका र भारत एकजुट हुँदै अघि बढ्न हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ ।

साथै उहाँले कमला ह्यारिसको जीत भनेकै भारतको जीत भएको उल्लेख गर्दै भारत र अमेरिकाको सम्बन्ध थप मजबुत हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

यसैगरी पाकिस्तानका प्रधानमन्त्री इमरान खान, अफगनिस्तानका प्रधानमन्त्रीले पनि बधाइ दिंदै बाइडेनको सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।(एजेन्सी)