
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा सिजनको सुरुवातमा उत्कृष्ट सुरुवात गरेको एभर्टनले लगातार तेस्रो हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा एभर्टन म्यानचेस्टर युनाइटेडसँग ३–१ले पराजित भयो । यसअघि साउथह्याम्टन र न्यूक्यासलसँग पराजित भएको एभर्टन म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भयो ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल गरे । म्यानेस्टर युनाइटेडको पछिल्ला पाँच खेलमा यो तेस्रो जित हो ।
यसअघि प्रिमियर लिगमा उसले चेल्सीसँग बराबरी खेल्दा आर्सनलसँग एक शुन्यले पराजित भएको थियो । यो जितपछि युनाइटेडले सात खेलमा १० अंक बनाएको छ ।
यता हारपछि एभर्टनले लिगको शिर्ष स्थानमा फर्किने मौका खेर फालेको छ । यसका साथै यो हारले एभर्टनको यात्रामा ठुलो धक्का पनि लागेको छ ।
उसले यो सिजनमा बलिया टिमविरुद्ध जित निकाल्न सकेको छैन । त्यसैगरी अर्को खेलमा चेल्सीले सहज जित निकालेको छ ।
स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्