१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौ उपत्यकालगायत देशभर चिसो बढ्यो


0
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको तापक्रम एकदमै चिसो महशुस गरिएको छ । केही दिन अघिसम्म गर्मी महशुस गरिएको तापक्रम क्रमश घटेपछि चिसो बढेको हो ।

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो भने तापक्रम केही बढ्ने देखिएको छ ।

आइतबार दिउँसो काठमाडौं उपत्काको तापक्रम अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने जनाइएको छ ।

आइतबार दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौं उपत्यकाको मौसम आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।