२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मादल बिक्री र मर्मतको काम ठप्प


0
Shares

ओखलढुंगा । कोरोना भाइरसका कारण नयाँ मादल बिक्री र पुरानो मादल मर्मतको काम ठप्प भएपछि ओखलढुंगाका सार्की समुदाय चिन्तित छन् ।

मादल बिक्री गरेर दशैँको ऋण तिर्ने, तिहार मनाउने र बचेको रकमले जीवन निर्वाह गर्ने योजना बनाए पनि यसवर्ष कारोबार ठप्प भएपछि उनीहरुको चिन्ता चुलिएको हो ।

अघिल्ला वर्षहरुमा तिहारको सिजनमा प्रतिघर २० वटाभन्दा बढी नयाँ मादल र उति नै संख्यामा मर्मत गरेर उनीहरुले ५० हजारभन्दा बढी कमाउँदै आएका थिए ।

तर यसवर्ष कोरोना भाइरसका कारण देउसी भैलोमा प्रतबन्ध लागेपछि उनीहरुले बनाएका मादल बिक्री नै भएन । पुराना मादल मर्मतको काम पनि छिटपुट मात्रै आएको छ ।

ओखलढुंगाका ठूलाछाप, विलन्दु, भदौरे, ज्यामिरे, लामीडाँडा, मानेभञ्ज्याङलगायतका ठाउँमा बसोबास गर्दै आएका सार्की समुदायले मादल बनाउने गर्छन् ।