
रसुवा । धुन्चेस्थित रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी ट्राउट माछाको अण्डा तथा भुरा बिक्री गर्न सफल भएको छ ।
आफ्नो उत्पादन १६ जिल्लामा विस्तार गरिसकेको कार्यालयले लक्ष्यभन्दा बढी उत्पादन गरि बिक्री गर्न सफल भएको हो ।
कोभिड–१९ का कारण दानाको अभाव, भुरा ढुवानीमा ढिलाइ भए पनि लक्ष्यभन्दा बढी नै बिक्री गरेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ५० हजार बिक्री गर्ने लक्ष्य राखिएकोमा ६४ हजार ५ सय बिक्री भएको छ भने एक लाख वटा भुरा बिक्री गर्ने लक्ष्य रहेकोमा १ लाख २ हजार १ सय ६४ वटा बिक्री भएको छ ।
केन्द्रले आँखा बनेको अण्डा प्रतिगोट दुई रुपैंया र माछाका भुरा प्रतिगोटा सात रुपैयाँमा किसानलाई विक्री गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्