
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले कोरोना महामारीसँग जुध्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उहाँको टोलीले जनाएको छ ।
उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
बाइडनको टोलीका अनुसार अमेरिकामा कोरोना परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ ।
यस्तै जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गरिनेछ । तर ट्रम्पले हार स्वीकारेका छैनन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्नेछ ।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।
ट्रम्प प्रशासनले सातवटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ ।
यता राष्ट्रपति ट्रम्पले भने चुनावमा धांधली भएको भन्दै हालसम्म हार स्वीकार गर्नुभएको छैन । केही महत्वपूर्ण राज्यहरूमा मतगणना जारी छ ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट निर्वाचित बाइडन जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुट्न् भएको छ ।
प्रतिक्रिया दिनुहोस्