
बारा । बाराको अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले हात्तीसारमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिम रोक्न हात्तीसार बन्द गरिएको हो ।
निकुञ्जले हात्ती सफरका निजी क्षेत्रका होटल, ट्राभल्स् तथा निकुञ्जको सरकारी सेवाका सबै प्याकेज तत्कालका लागि बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले बताउनुभयो ।
हात्तीसारमा ९ वटा हात्ती र ३० कर्मचारीले आन्तरिक र बाहय पर्यटकलाई जंगल सफारीलगायतका सेवा दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्