१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खाना खुवाउनकै लागि चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य


0
Shares

काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ ।

सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेकाले त्यसलाई व्यवस्थित गर्ने बताउनुभयो ।

मेयर शाक्यले भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो ।

उहाँले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरुतर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्नेगरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताउनुभयो ।