
काठमाडौं । झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा हुनुभएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशपछि उहाँ सोमबार रिहा हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न भएको अभियोगमा दिपकलाई प्रहरीले कातिक १३ गते पक्राउ गरेको थियो ।
सो घटना हुँदा उहाँ कैलालीस्थित घरमा हुनुहुन्थ्यो । दशैं मनाउन घर गएका होझालाई घरबाटै पक्राउ गरिएको थियो ।
घटनामा संलग्नता नदेखिएपछि ओझालाई जिल्ला अदालतले रिहा गरेको हो । आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उप-प्राध्यापक चलाउने माथि असोज २० गते किर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघलाई लगाइएको थियो ।
नेविसंघले भने पटकपटक उक्त घटनामा आफ्नो संलग्नता नभएको प्रष्ट्याएको छ । नेता ओझा असोज १७ गते नै काठमाण्डौबाट कैलाली जानुभएको थियो ।
यसैगरी सोही आरोपमा पक्राउ परेका नेबिसंघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् ।
पक्राउ गरि हिरासतमा राखिएका संघका नेताहरुलाइ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो बिरुद्ध यातना क्षतिपुर्ती सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्