
काठटमाडौं । अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ ।
विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको फाइजरले जनाएको छ ।
खोप अनुमोदनका लागि नोभेम्बरको अन्त्यसम्म सम्बन्धित निकायमा पेश गरिने फाइजरका अध्यक्ष डा.अल्बर्ट बोर्लाले बताउनुभयो ।
जर्मन कम्पनी बायोएन टेकसंगको सहकार्यमा फाइजरले बनाएको कोरोनाबिरुद्धको खोपको परिक्षण अन्तर्गत अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका, र टर्कीका संक्रमितहरुलाई तीन साताको फरकमा २ डोज लगाईएको थियो ।
जसअनुसार दोश्रो डोज लगाएको ७ दिनपछि गरिएको परिक्षणमा यो खोपले भाइरसबाट ९० प्रतिशत सुरक्षा दिएको पाइएको फाइजरले जनाएको छ ।
अध्यक्ष बोर्लाले आगामी डिसेम्बरसम्ममा ५ करोड डोज आपूर्ति गर्ने दाबी गर्दै सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोड डोज आपूर्ति गर्ने जनाएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्