
रसुवा । रसुवामा कोरोना महामारीका कारण क्षमताभन्दा निकै कम चिज उत्पादन भएको छ ।
दुग्ध विकास संस्थानअन्र्तगत जिल्लामा सञ्चालित चिज उत्पादन केन्द्रहरूले यस पटक ढिलो गरी कृषकसँग दुध संकलन गरेका छन् ।
भण्डारण क्षमता नभएको भन्दै करिब डेढ महिनाअघि नै दुध संकलन बन्द गर्दा चिज उत्पादनमा कमी आएको हो ।
यसअघि वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुँदै आएकोमा यस वर्ष जेठको तेस्रो हप्ताबाट उत्पादन सुरु भएर भदौ १५ गते नै बन्द गर्दा उत्पादनमा करिब ४० प्रतिशत कमी आएको केन्द्रले जनाएको छ ।
उत्पादन केन्द्रको भण्डारण क्षमता कम भएको र उत्पादन भएको चिज बिक्री हुन नसकेपछि यसपटक चाँडै उत्पादन बन्द भएको गत्लाङ चिज उत्पादन केन्द्रका प्रमुख ललित बहादुर जिरेलले बताउनुभयो ।
पर्यटकको आवागमन रहँदा लाङटाङमा दैनिक ४० किलोसम्म चिज खपत हुने गरेकोमा अहिले दैनिक दुई किलो पनि चिज बिक्री नभएको लाङटाङ चिज उत्पादन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्