१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान


0
Shares

काठमाडौं, कात्तिक २५ । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ ।

तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम देखिएको छैन ।

तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् ।

तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुँदा व्यापारीहरु निराश भएका छन् ।

तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उनीहरु बताउँछन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघकाअनुसार विगत वर्षभन्दा ४० प्रतिशत कममात्रै बत्तीहरु आयात भएका छन् ।

कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहजरुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाइ छ ।