१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो


0
Shares

डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।

भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाकोे आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट मृत्यु भएकी किशोरीलाई चितुवाले खाइरहेको अवस्थामा स्थानीयले ढुंगामुढा गरी चितुवा पनि मारेका छन् । सोको प्रतिकार गर्दा घाइते भएका केहीको उपचार भइरहेको जनाइएको छ ।