
काठमाडौं । यो ब्रहमाण्डमा हरेक सेकेण्डमा केही न केही घटना घटिरहेकै हुन्छन् । केही घटना यस्ता हुन्छन् जुन हामीले कल्पना समेत गर्न सक्दैनौँ ।
ताइवानमा एउटा यस्तै घटना भएको छ, जुन हाम्रो कल्पना भन्दा बाहिर छ । एक १८ वर्षीय युवक जो दुर्घटनामा परेर कोमामा गए ।
चिकित्सले समेत उपचार संभव नभएको भन्दै परिवारलाई मृत्युको खवर दिन पर्खिनुपर्ने बताएका थिए ।
तर ६२ दिनपछि उनको एक्कासी होस खुलेको छ, त्यो पनि आफ्नो मनपर्ने खानाको नाम सुन्ने वित्तिकै ।
स्कुटर दुर्घटनामा परी ६२ दिनदेखि कोमामा रहेका युवकको होस आफुलाई मनपर्ने खानाको नाम सुन्ने बितैकै खुलेको हो ।
घटना उत्तरी पश्चिमी ताइवानका १८ बर्षिय चियु नामका युवक स्कुटर दुर्घटनामा गम्भीर घाइने भएपछी अस्पताल भर्ना गरिएको थियो ।
दुर्घटनामा परी घाइते भएका उनको दायाँ भागको मिर्गौलाले काम गर्न छोडेको थियो । फोक्सोमा समेत चोट पुगेकाले कोमामा गएको थियो ।
लगातार रुपमा रगत बहावका कारण उनको उपचारका संलग्न स्वास्थ्यकर्मीहरुले उपचार सम्भव नभएको भन्दै परिवारजनलाई मृत्युको दिन पर्खनुपर्ने बताएको थियो ।
ती युवकका दाईले कोमामा गएका आफना भाइको कान अगाडी गई भाइलाई मनपर्ने खाना चिकेन प्लेट खान जान लागेको तिमी पनि जाने हो भनेपछी ती युवकको ६२ दिनपछी होस खुलेको छ ।
यस घटनाले बिश्वका स्वास्थ्यकर्मीहरु समेत चकित भएका छन् । हाल ती युवक अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्