५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद : बाइडेन


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ ।

उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।

विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका बाइडेनले कुनैपनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताउनुभयो ।

तर ट्रम्पले ट्वीट मार्फत अन्ततः आफूले चुनाव जित्ने उल्लेख गर्नुभएको छ ।

बाइडन गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले हार स्वीकार नगर्नुले राष्ट्रपतिको लिगेसीलाई सहयोग नगर्ने बताउनुभयो ।

उहांले जनवरी २० को शपथको दिनलाई लक्षित गरि अन्ततः राम्रो दिन आउने बताउनुभयो ।

बाइडेनले विश्वका विभिन्न नेताहरुसंगको संवादमा अमेरिका पुनः विश्व मञ्चमा फर्किएको जानकारी गराएको बताउनुभयो ।

अमेरिकामा प्रत्येक चार वर्षमा हुने चुनावमा सञ्चारमाध्यमहरुले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी उम्मेदवारको नाम घोषणा गर्छन् ।

तर नतिजा स्वीकृत हुन भने समय लाग्छ । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन् ।

बाइडन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरिरहनुभएको छ । तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन ।(एजेन्सी)