२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङको देउखुरीमा ट्रक र मोटरसाइकल जुध्यो, तीन जनाको घटनास्थलमै मृत्यु


0
Shares

दाङ । दाङमा सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ ।

देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्ती रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।