
बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पताल एम्बुलेन्सविहीन बनेको छ ।
चार वर्षदेखि एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिदै आएको अस्पतालमा एक महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
उप–प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति हुन लागेको अस्पतालमा अहिले कोरोना महामारीका समेत एम्बुलेन्स छैन ।
एम्बुलेन्सको इन्जिन बिग्रिएका कारण मर्मत खर्च धेरै लाग्ने भएकाले गण्डकी प्रदेश सरकारलाई नयाँ एम्बुलेन्सको माग गरी पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्