
उदयपुर । थारु जातिको आस्था र बिश्वासको धरोहर थानपोखरी र यसैसंगको सन्दासी बाबा मन्दिर संरक्षणको अभावमा जिर्ण र खण्डहर बन्न पुगेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा रहेको धार्मिक तथा दैबिक पोखरीको रुपमा परिचित र देवस्थल बि.स. १८८१ मा निर्माण भएको हो ।
मध्यकालीन ताका सप्तरीको सिसुवा धनगढीबाट आएका रजराम मईझ थारु भन्ने ब्यक्तिले बि.स. १८८० मा जंगल फडनी गरि बस्ती बसाल्दा थारुहरुका ईष्ट देबका रुपमा स्थापना गरेको स्थानीय बुढापाकाहरुको भनाइ छ ।
ज्यामिरेमा मानव बस्ती बसाउन मईझ थारु रजरामले तत्कालीन राजा राजेन्द्र बिरबिक्रम शाह भ्रमणका क्रममा अहिलेको चौदण्डीगढी–९ राजाबास आउँदा हुकुम प्रमाङ्गी भएक थियो ।
हरेक बर्षको बैशाख १ गते यो स्थानमा सिराहा ,सप्तरी, सुनसरीका थारु लगायत अन्य जातिका मानिसहरु तिर्थाटन गर्ने गरेका छन ।
अनिकाल, महामारी ,रोगब्याधी, निशन्तान ,ठुला घाउ खटिरा हुँदा भाकल गर्ने र मनकामना सिध्द भएपछि बुझाउनेको लर्को बैशाख १ गते हजारौंको संख्यामा रहेका हुन्छन् ।
सन्तानको पीडामा रहेका रजराम मईझ थारुका सन्तान कन्की मईझ थारुले सन्तान प्राप्त भएपछि मन्दिर निर्माणको एकसय वर्षपछि पुनःनिर्माण वि.स १९८१ गरेका हुन ।
रजराम मईझ थारु चौधरीका सन्तान समाजसेवी पूर्व प्रधानपंच रामदेब चौधरीले भने, ‘थारु जातिको आस्था र बिश्वासको धरोहर थान पोखरी र देवस्थथल खण्डहरमा परिणत हुन लागेको छ । यसको जिर्णोद्धार, संरक्षण र सम्बद्र्धनको कतैबाट प्रयास र पहल भएको छैन ।’
प्रतिक्रिया दिनुहोस्