२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री पहिलो पटक किमाथांका पुगे


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाहरुको अनुगमनका लागि आज संखुवासभा जानुभएको छ ।

उहां ९ सय मेघावटको अरुण तेश्रो जलविद्युत परियोजना, उत्तर दक्षिण कोशी राजमार्ग र किमाथांका नाकाको अनुगमन गर्न त्यसतर्फ जानु भएको हो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने आज पहिलोपटक निस्कनु भएको हो ।

संखुवासभामा उहांले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङका नाकाको अवलोकन गर्दै हुनुहुन्छ ।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनसँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको पनि उहांले अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली आज दिनभर संखुवासभामा रही साँझ काठमाडौं फर्कुनुहुनेछ ।