१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय


0
Shares

काठमाडौं । प्रदेश दुई सरकारले पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय गरेको छ ।

यसअघि राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतहरुको उपचार गर्न स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने निर्णय गरिएको थियो ।

तर अहिले कलैयाबाट ६ किलोमिटर भित्र गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भबनलाई ट्रमा अस्पताल बनाउने निर्णय गरिएको छ ।

प्रतिपक्षी दल नेकपाले निर्णयको विरोध गरेको छ । प्रतिपक्षी दलका सांसदहरुले राजमार्गको आसपासमै ट्रमा अस्पताल बनाउन माग गरेका छन् ।